सेयर लगानीकर्ताको मिश्रीत धारणा, कागलाई बेलपाक्यो हर्ष न बिस्मात



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेटको विषयमा सेयर लगानीकर्ताहरुले मिश्रित प्रतिकृया दिएका छन् । केही लगानीकर्ताले सन्तोषजन नै रहेको भएपनि आफुहरुले चाहेको जस्तो नभएको तर्क गरेका छन् ।

केही लगानीकर्ताको प्रतिनिधिहरुले त आगामी आर्थिक वर्षको बजेट कागलाई बोल पाक्यो हर्ष न बिस्मात जस्तो भएको पनि तर्क दिएका छन् ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले समग्रमा राम्रो भएको धारणा दिए । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिनलाई प्रोत्साहन गर्ने, बैंक तथा वित्तीय संस्थाहरूले वाह्य ऋण ल्याउने पाउने , सहुलियत पुर्ण कर्जामा ५ प्रतिशत व्याजले बैंकहरूले लगानी गरेका क्षेत्रले आर्थिक कारोबार सहज हुने धारणा राखे ।

हेज फण्डको व्यवस्थाले लगानीकर्ताको लगानीलाई विविधिकरण गर्ने धारणा राखे । यता स्टक डिलरको व्यवस्थाले लगानीकर्तालाई उत्साहित बनाउने उनको धारणा छ । करदाताले अनलाइन मार्फत कर चुक्ताको प्रमाणपत्र पाउने व्यवस्थाले लगानीकर्तालाई राहत महशुस भएको धारणा राखे ।
यो सबै कुरा आएपनि लगानीकर्ताले अपेक्षा गरेको ३ वटा विषय नआएकोमा गुनासो गरे ।

‘पुँजीगत लाभकर ५ प्रतिशत अन्तिम हुनुपर्ने, ट्रेडर्सलाई ५ प्रतिशत कायम गरी दिर्घकालिन लगानीकर्तालाई त्यो भन्दा कम छुट दिने र बोनसमा लाग्ने दोहोरो करको विषय नआउँदा लगानीकर्तालाई खल्लो भएको छ’ उनले भने । त्यो आउने आशा गरेपनि आश गरे अनुसार नभएको उनको तर्क छ ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारले आगामी आवको लागि ल्याएको बजेट कागलाई बेलपाक्यो हर्ष न बिस्मात जस्तो भएको बताएकी छिन् ।

बजेटपछि आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष पोखरेलले आगामी आवको बजेटले सेयर बजारलाई राम्रो माथिमकतामा राख्ने अपेक्षा गरेको भएपनि त्यस अनुसार हुन नसकेको बताइन ।
आगामी आवदेखि स्टक डिलरको ब्यबस्था भन्दा बाहेक अन्य कार्यक्रम प्रत्यक्ष रुपमा पुँजी बजारको बिकाश र बिस्तारको लागी प्रभावकारी नभएको उनको तर्क छ ।

बिधुतिय कारोबारको दायरा बिस्तार गरिने कार्यक्रम चालु आवमा नै भएको भन्दै यस्तो व्यवस्थाले समय मात्रै खर्चेको उनको तर्क छ ।

आगामी आवको बजेट आम लगानीकर्तालाई लाभान्वित हुने खालको नदेखिएको उनको भनाइ छ ।
कम्तीमा केही महिनाको भएपनि निश्चित अंकसम्म ऋण र ब्याज मिनाहा गरिदिएको भए लगानीकर्तालाई सहज हुने उनको धारणा छ ।

सेयर लगानीकर्ता संघ, नेपालका उपाध्यक्ष तारा प्रसाद फुलेलले सरकारले आगामी आवको लागि ल्याएको बजेट सन्तोषजनक नै रहेको बताए । ‘तर यसलाई नै हामीले पूर्ण रुपमा मान्नु हुँदैन । हामीले चोहेको भनेको ५ प्रतिशत पुँजिगत लाभकरलाई अन्तिम हो भनेर परिभाषित गर्नु पर्ने माग राखेका थियौ । तत्कालिन र अल्पकालिन लगानीकर्तालाई बर्गिकरण गर्नुपर्ने माग राखेका थियौ । त्यो कार्यान्वयन हुने आशा पनि थियो, त्यो बजेटमा उल्लेख भएन’ उनले भने ।

उनले हाल संचालनमा रहेका बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिनलाई प्रोत्साहन गरिने सम्बोधनले बजारमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे । सहुलियत पुर्ण कर्जामा ५ प्रतिशत व्याजले बैंकहरूले लगानी गरेका क्षेत्रहरू थप चलायमान हुने र आर्थिक कारोबार सकारात्मक हुन सक्ने व्यवस्था राम्रो भएको बताए ।

बैंक तथा वित्तीय संस्थाहरूले वाह्य ऋण ल्याउन पाउने व्यवस्थाले तरलता व्यवस्थापन गर्न थप सहज हुने देखिएको छ । ‘पुँजि बजारमा वर्षौदेखि माग गरिंदै आएको स्टक डिलरको व्यवस्थाले माग र आपूर्तिको सन्तुलन कायम भइ अनावश्यक रूपमा हुने उतार चढावलाई नियन्त्रण गर्न सहयोग पुग्ने छ’ उनले भने ।

समग्रमा बैंक तथा वित्तीय संस्थामा विधुतिय भुक्तानि प्रणाली, हेज फण्डको व्यवस्था,वस्तु विनिमय कम्पनिको स्थापना जस्ता कार्यले लगानिकर्ताहरूको लगानिको विविधिकरण र लगानी क्षेत्र व्यवस्थित र विश्वासिलो हुने हुँदा यस क्षेत्रमा नयाँ लगानिकर्ताहरू आकर्षित हुन सक्ने उनको तर्क छ ।

करदाताले अनलाइन मार्फत कर चुक्ताको प्रमाण पत्र लिन पाउने व्यवस्था गरिएको छ ।
नेपालको पानी जनताको लगानिलाई निरन्तरता दिईएकोले पनि बजारमा नयाँ लगानिकर्ताहरूको प्रवेश हुने अनुमान गर्न सकिने उनको तर्क छ ।

आगामी आवबाट ऋणपत्रको दोस्रो बजारमा हुने कारोबारलाई प्राथमिकतामा राख्ने र आगामी आवबाट स्टक डिलर सञ्चालनमा आउने र बस्तु विनिमय बजारको व्यवस्था गर्ने,नेप्से, सेबोन र सिडिएससीको संरचनागत सुधार गर्ने जस्ता कुराहरू सकारात्मक रहेको फुलेलको तर्क छ ।

यता नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षण चौधरीले सरकारले आगामी आवको लागि ल्याएको बजेटमा मिश्रीत प्रतिकृया दिएकी छिन् । उनले बजेट केही नयाँ र केही पुराना कार्यक्रम रहेको बताइन ।

बजेटले पुँजिबजारको दायरा फलाकिलो बनाइने भने पनि स्पष्ट नभएको बताइन । स्टक डिलरको विषय पहिला नै आएको र कार्यान्वयनको पाटो भने निकै सुस्त रहेको बताइन । सरकारले बजेटमा नै पुर्ण अनलाइन गर्ने , धितोपत्र बोर्ड, नेप्से, सेबोनको पुनसंरचना गर्ने विषय राम्रो भएको बताइन ।

अहिले सुचिकृत कम्पनीहरुको कारोबार गर्न हम्मे हम्मे भएको समयमा ऋणपत्रको दोस्रो बजारमा कारोबार गराउने विषय स्पष्ट रहेको बताइन । अहिलेको विषम परिस्थितिमा लगानीकर्तालाई राहतको कार्यक्रम नआएको र उक्त बजेट पनि कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भएको बताइन् ।


क्लिकमान्डु