विद्युतीय सवारी, चुल्होमा थप सहुलियत दिइने



काठमाडौं । विद्युतीय उपभोग बढाउनका लागि विद्युतीय सवारी, विद्युतीय चुल्होलगायतमा थप सहुलियत दिइने भएको छ ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले थप सहुलियत दिने बताए । विद्युतको उपभोग बढाउनका लागि तथा विद्युत खपत गर्नेलाई सहुलियत दिने उल्लेख गरे ।

उनले विद्युतीय तारलाई भूमिगत बनाउने कार्यलाई निरन्तरता दिँदै आगामी वर्षमा भक्तपुर, ललितपुर र चितवनमा विस्तार गरिने बताए । हाल यो काम काठमाडौं र पोखरामा सञ्चालित छ ।


क्लिकमान्डु