सहकारी संस्थालाई मर्जरमा लगिने



कठमाडौं । सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुलाई मर्जरमा लैजाने घोषणा गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सहकारी संस्थाहरुलाई मर्जरमा जानका लागि प्रोत्साहन गरिने बताए । साथै, सहकारीमा प्रविधिको प्रयोग गरी नगदरहित कारोबारका लागि पनि प्रोत्साहन गरिने उनले जानकारी दिए ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारीको संख्या धेरै भएका कारण ठगीका घटनाहरु घट्दै आएका छन् । राष्ट्र बैंकको गभर्नर हुँदा बैंक मर्जरको नीति ल्याएका खतिवडाले अर्थमन्त्री हुँदा सहकारी संस्था मर्जर गराउने नीति लिएका हुन् ।


पुष्प दुलाल