कोरोना प्रभावित व्यवसायका श्रमिकलाई तलब खुवाउन ५० अर्बको कोष



काठमाडौं । सरकारले कोरोना प्रभावित व्यवसायका श्रमिकलाई तलब खुवाउनका लागि ५० अर्ब रुपैयाँको कोष स्थापना गर्ने भएको छ ।

बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै कोरोना प्रभावित पर्यटन क्षेत्रमा कार्यरत श्रमिकका लागि यस्तो व्यवस्था गरेको हो ।

यसका लागि सरकारले ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । यसका साथै सरकारले श्रमिकहरुलाई न्यूनतम ज्यालाको एक चौथाइ बराबरको खाद्यान्न उपलब्ध गराउने भएको अर्थमन्त्री खतिवडाले बताए ।


क्लिकमान्डु