योजना आयोगको बैठक सकियो, बजेट पास



काठमाडौं । राष्ट्रिय योजना आयोगको बैठक सकिएको छ । प्रधानमन्त्री निवासमा भएको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटलाई पास गरेको छ ।
आयोगको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको आकारको विषयमा भने केहीपनि खुलाएनन् ।

आयोग सम्बन्ध स्रोतले दिएको जानकारी अनुसार बजेटको रकम नराखेर नै बजेट पास गरिएको छ । राष्ट्रिय योजना आयोगको बैठकपछि प्रधानमन्त्री निवासमा नै मन्त्रीपरिषद्को बैठक बस्ने छ । त्यसपछि अर्थमन्त्री राष्ट्रपतिलाई बजेट बिफ्रिङ गर्न गएर सिधै संसद् भवनमा पुगेर बजेट सार्वजनिक गर्ने छन् ।


पुष्प दुलाल