कोरोना संक्रमणको जोखिम : तपाईको जागिरमा कति छ ?



विश्वभर करोडौं मानिसहरु लकडाउनका कारण काममा जान पाएका छैनन् भने कैयनले घरमै बसेर काम गरिरहेका छन् । घरमा सीमित ठाउँमा बनाइएको काम गर्ने ठाउँमा कैयन समस्या पनि आइरहेका छन् ।

इंल्यान्डमा घर बसेर काम गर्न गाह्रो भएको भए कार्यालयमै आएर काम गर्न सक्ने तर यसका लागि सुरक्षाका उपाय भने अपनाउनुपर्ने भनिएको छ । तर कोरोनाको असर तपाईं जागिरमा कस्तो असर पर्ला त ?

धेरै जसो जागिर खाने मानिसहरु एक अर्कामा नजिक रहेर काम गर्नुपर्ने हुन्छ । मानिसहरु हात बढाएर एक अर्कालाई छुन सक्ने गरी काम गर्नुपर्ने हुन्छ ।

कोरोना संक्रमणको खतरा

अमेरिकामा गरिएको एक सर्वेक्षणमा ब्रिटेनको राष्ट्रिय सांख्यिकी कार्यालयबाट प्राप्त डाटाका आधारमामा बनाइएको टेबलमा तपाईंले आफ्नो पेशाका हिसाबले कोरोना संक्रमणको खतरा आँकलन गर्न सकिने निश्कर्ष निकालिएको थियो ।

काममा बिरामीलाई कति खतरा हुन्छ र मानिसहरु एक अर्कामा कति दूरीमा बसेर काम गछ्र्रन भन्ने आधारमा अमेरिकामा गरिएको साक्षात्कारमा आधारित छ । यो साक्षात्कार महामारी शुरु हुनेभन्दा पहिले गरिएको थियो ।

यो ध्यान राख्न जरुरी छ कि केही पेशामा काम गर्नेहरुको कार्यास्थलको परिस्थितिहरु अमेरिकामा भन्दा फरक हुन सक्छ वा सक्दैन ।
सबैभन्दा बढी स्वास्थ्य सेवासँग जोडिएका जागिरमा काम गरिरहेका मानिसमा यसको खतरा छ भने कलाकार, वकिल, वित्तीय सल्लाहकार तथा एचआर कर्मचारीलाई खतरा कम छ ।

त्यस्तै सफाइ कर्मचारी, जेलका अधिकारी तथा अन्तिम संस्कार जस्ता सेवामा काम गर्ने मानिसहरुलाई तुलनात्मक रुपमा धेरै जोखिम छ ।

तर नयाँ कोरोना भाइरस संक्रमणबाट सबैभन्दा धेरै खतरा ती मानिसहरुलाई छ जुनसंक्रमित भइसकेका तर लक्षण नदेखिएका मानिसहरुसँग नजिकमा रहेका छन् । यस्ता मानिसहरुमा सैलुनमा कपाल काट्ने, अभिनेताहरु, ट्याक्सी ड्राइभर, इँटाभट्टालगायतमा काम गर्ने मानिसहरु हुन्छन् ।
कोरोना संक्रमणबाट भएको मृत्युको डाटा हेर्दा ट्याक्सी ड्राइभरमा बढी हुने देखिएको छ ।


पुष्प दुलाल