धमाधम बजेट छाप्दै मुद्रण विभाग, बजेट पारित गर्न योजना आयोग र मन्त्रीपरिषद्को बैठक बस्दै



आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट ल्याउँदैछन् । मन्त्री डा. खतिवडाले ४ बजे संसद्मा बजेट भाषण गर्ने कार्यतालिका रहेको छ ।

आगामी आवको लागि अर्थ मन्त्रालयको टिमले बजेट निर्माण कार्य सकिसकेको छ । बजेट लेख सकेर बजेटको किताब छाप्नको लागि मुद्रण विभागमा समेत पठाइसकेको स्रोतको भनाइ छ ।

संघिय संसदमा बजेट पेश गर्नु अगाडि दिउँसो १ बजे राष्ट्रिय योजना आयोगले पूर्ण बैठक बोलाएको छ । स्रोतका अनुसार उक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ । उक्त बैठक राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बस्ने छ । आयोगले सहश्राब्दी विकास लक्ष्य र मध्यकालिक खर्च संरचनाको तयार पारेको छ । उक्त बैठकबाट यो पारित भएपछि मन्त्रिपरिषदमा जाने छ । त्यहाँबाट स्वीकृत भएपछि संसदबाट अर्थ मन्त्री डा. खतिवडाले बजेट भाषण गर्ने छन् ।

उक्त बैठकमा मन्त्री खतिवडाले आयोगका उपाध्यक्ष सहितका पदाधिकारी र प्रधानमन्त्रीलाई बजेटको बारेमा पनि जानकारी गराउने छन् । उक्त बैठक सकिएपछि दिउँसो २ बजेका मन्त्रिपरिषद् बैठक बोलाइएको छ । उक्त बैठकबाट बजेट पारित भएपछि राष्ट्रपछि कार्यालयमा जानकारी गराएर संघीय संसदमा पेश हुने ।


पुष्प दुलाल