संस्थागत मुद्दति निक्षेपको ब्याजदरमा राष्ट्र बैंकको अंकुश



काठमाडौं । बैंक तथा वित्त कम्पनीहरुले व्यक्तिगत र बचत निक्षेप बाहेक कुनै पनि निक्षेपको ब्याजदर बढाउन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत बिनर्देशन २०७६ मा व्यवस्था गरिएका बुँदामा संशोधन गर्दै सो व्यवस्था गरेको हो ।

जसअनुसार अब बैंक तथा वित्त कम्पनीहरुले कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेपमा तोकिएको न्यूनतम ब्याजदरभन्दा बढी ब्याजदर तोक्न पाउने छैनन् ।

तर व्यक्तिगत र बचत निक्षेपमा भने तोकिएको न्यूनतम ब्याजदरमा ०.५ प्रतिशतसम्म ब्याजदर बढाउन पाउने व्यवस्था राष्ट्र बैंकको छ ।

राष्ट्र बैंकका अनुसार अल्प सूचनामा आधारित कल निक्षेपका खाताहरुको चेक समेत जारी गर्न पाउने छैनन् ।

राष्ट्र बैंकले सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै संस्थागत मुद्दति निक्षेपलाई थप व्यवस्थित बनाइने भनेसँगै बुधबार यसको कार्यान्यवनका लागि सो निर्देशन जारी गरिएको बताएको छ ।


क्लिकमान्डु