गतवर्ष नेप्सेको नाफा २८ करोड, कमिसनबाट कमायो २४ करोड



काठमाडौं । आर्थिक वर्ष २०७५÷०७६ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । नेप्सेले २८ करोड नाफा आर्जन गरेपनि १ करोड ३९ लाख १० हजार ५५३ रुपैयाँ आयकर तिर्न बाँकी रहेको छ ।

यो अवधिमा नेप्सेले ब्याज आम्दानी १४ करोड ९३ लाख ४६ हजार ३९३ रुपैयाँ रहेको छ भने कमिशनबाट २४ करोड १४ लाख ९ हजार ८६० रुपैयाँ रहेको छ । अन्य कारोबारबाट ६ करोड २६ लाख ८५ हजार ८२७ रुपैयाँ रहेको छ ।

यो अवधिमा नेप्सेको प्रशासनिक खर्च ८ करोड ६५ लाख ४८ हजार ९८५ रुपैयाँ रहेको छ भने ह्रास कट्टी खर्च ७८ लाख ६ हजार ५०५ रुपैयाँ अन्य व्यवस्थामा १ करोड ९७ लाख ४७ हजार ७९० रुपैयाँ खर्च भएको छ ।

हाल नेप्सेको बैंक मौज्दात २२ करोड ५८ लाख २६ हजार ५०८ रुपैयाँ रहेको छ । यस्तै लगानी २ अर्ब ७७ करोड ५६ लाख ५६ हजार १५४ रुपैयाँ रहेको छ । नेप्सेको जगेडा कोषमा ६४ करोड ३१ लाख १६ हजार ५६८ रुपैयाँ रहेको छ । नेप्सेले १४ करोड ५४ लाख ५८ हजार ९६१ रुपैयाँ ऋण तथा दायित्व भुक्तानी गर्न बाँकी रहेको छ ।

नेप्सेका जारी पुँजी, अधिकृत पुँजी र चुक्ता पुँजी ५० करोड रहेको छ । नेप्सेको खुद सम्पति ३ अर्ब १६ करोड ४ लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु