कोरोनाको कारण टाटा समुहका सीइओको तलब २० प्रतिशतले घट्ने

140
Shares

कोरोना प्रकोपलाई सामना गर्न सामूहिक लागत कटौतीका उपायहरूको रूपमा, टाटा सन्सका अध्यक्ष र सबै समूह कम्पनीका सीईओको तलब २० प्रतिशत घट्ने भएको छ ।

टाटा समूहको इतिहासमा पहिलो पटक तलब कटौतीको निर्णय लिइएको छ। कर्मचारीको उत्प्रेरणा र संस्थानको व्यवसायिक रुपमा अगाडि बढाउन टाटाले उच्च अधिकारीको तलब कटौतीको निर्णय लिएको हो ।

इटीको रिपोर्टका अनुसार टाटा समूहको प्रमुख कम्पनी टाटा कन्सल्टन्सी सर्विसेज (टीसीएस) का सीईओ राजेश गोपीनाथनले सर्वप्रथम तलब कटौती गर्ने घोषणा गरे। टाटा स्टील, टाटा मोटर्स, टाटा पावर, ट्रेंट, टाटा इन्टरनेशनल, टाटा क्यापिटल, भोल्टास सीईओ र एमडीको तलब पनि कटौती गरिनेछ।

‘हाम्रो समूहको इतिहासमा यो पहिलो पटक हो कि ब्यापारलाई जोगाउन यस्ता कडा कदम चालेको छ,’ समूहका एक प्रमुख सीईओले नाम न छाप्ने सर्तमा भने ।
२०१९मा मा टाटा समूहका सीईओको तलब ११ प्रतिशतले बढेको थियो ।

यसभन्दा पहिले, आर्थिक वर्ष २०१८ मा तलब १४ प्रतिशतले वृद्धि भएको थियो। टीसीएस बाहेक, समूहका अन्य कम्पनीहरूले वित्तीय वर्ष २०२० को लागि वार्षिक रिपोर्ट पेश गरेका छैनन्। टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनको तलब आर्थिक वर्ष २०१९ मा १९ प्रतिशतले बढेर ६५ करोड भारतीय रुपैयाँ पुगेको थियो ।

वित्त वर्ष २०१९ मा टाटा समूहका कम्पनीको बिक्री १० प्रतिशतले बढेको थियो । टाटा मोटर्स, टाटा स्टील र टीसीएसले टाटा समूहका तीन ठूला कम्पनीहरूमा ८२ प्रतिशत बिक्रीमा हिस्सा ओगट्ने गर्छन् ।

Skip This