अर्थतन्त्र जोगाउन जापान सरकारले ९ खर्ब ३० अर्ब अमेरिकी डलरको प्याकेज ल्याउने



जापानले कोरोनाभाइरसबाट प्रभावित कम्पनीहरूलाई जोगाउन ९ खर्ब ३० अर्ब अमेरिकी डलरको नयाँ राहत प्याकेज ल्याउने भएको छ ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले सोमबार जापानभर कोरोनाभाइरस सम्बन्धी आपतकालको अन्त्यको घोषणा गर्दै यो जानकारी दिए। उनले सोमबार टोकियो सहित बाँकी पाँच प्रान्तहरूमा आपतकाल अन्त्यको घोषणा गरेका थिए ।

जापानी प्रधानमन्त्री अबेले यो थप राहत प्याकेज यो हप्ताको अन्त्यसम्ममा मन्त्रिपरिषद्को स्वीकृति हुने जानकारी दिए ।

यो नयाँ प्याकेजसँग जापानले कोरोनाभाइरससँग लड्न अहिलेसम्म घोषणा गरेका सबै प्याकेजहरूको कुल आकार १ ट्रिलियन अमेरिकी डलर हुन्छ ।

जापानले कोरोना भाइरस नियन्त्रणका लागि अमेरिकी र युरोप जस्ता कडा प्रतिबन्ध लगाएन। तर विश्वको तेस्रो ठूलो अर्थतन्त्र मन्दीमा फसेको थियो। ऐजेन्सी


क्लिकमान्डु