प्रधानमन्त्रीको सम्बोधनले निजी क्षेत्र उत्साहित, कार्यान्वयन गर्न माग



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सम्बोधनलाई लिएर निजी क्षेत्र उत्साहित भएको छ ।

प्रधानमन्त्रीले अर्थतन्त्र उकास्नको लागि स्टिमुलस प्याकेज ल्याउने तथा उद्योगी व्यवसायीलाई करमा सहुलियत देखि ब्याजदरमा समेत छुट दिने घोषणा गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले प्रधानमन्त्रीले सम्बोधन गरे अनुसारको कुरा कार्यान्वयनमा आउनुपर्ने बताइन् ।

‘प्रधानमन्त्रीज्यूले सम्बोधनमा निजी क्षेत्रको माग सम्बोधन गर्ने कुरा उल्लेख गर्नु भएको छ, यसलाई कार्यान्वयन गर्नुपर्यो,’ उनले क्लिकमान्डुसँग भनिन् ।

कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक-व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था गर्ने तथा यस्ता सुविधामा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा दिइने छुटहरु हुने घोषणा प्रधानमन्त्रीको सम्बोधनमा छ ।

निजी क्षेत्र नहुँदा अर्थतन्त्र सबल हुन सक्दैन भन्ने यथार्थलाई सरकारले राम्रोसँग बुझेको भन्दै उनले निजी क्षेत्रलाई ढुक्क आग्रह गरेका थिए ।

महासंघका बरिस्ठ उपाध्यक्ष शेखर गाेल्छाले पनि प्रधानमन्त्रीकाे घाेषणाले निजी क्षेत्र उत्साहित भएको प्रतिक्रिया दिए !

“विभिन्न देशले राहत प्याकेज ल्याउँदा पनि हाम्रो सरकारले ल्याएको थिएन, महासंघले सरकारसमक्ष मागपत्र राखिसकेको छ” गाेल्छाले भने “प्रधानमन्त्रीकाे सम्बाेधनले हाम्रा मागप्रति सरकार सिरियस छ भन्ने देखाएको छ, बजेटले कार्यान्वयन गर्छ भन्नेमा हामी विश्वस्त छौं !”


क्लिकमान्डु