अब हङकङबाट पनि सिटी एक्सप्रेस मनि ट्रान्सफरबाट नेपाल रेमिट्यान्स पठाउन पाइने



काठमाडौं । हङकङको ख्यातिप्राप्त केएमई रेमिट्यान्स लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । हङकङमा रहेका नेपालीहरुले केएमई रेमिट्यान्सको सेवा प्रयोग गरि सिटी एक्सप्रेसमार्फत् अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने , नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिट्यान्सका तर्फबाट निर्देशक कबिता गुरुङ्गले हस्ताक्षर गरे ।

हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालको लागि हङकङका महाबाणिज्य दूत कमल प्रसाद भट्टराईद्वारा उद्घाटन गरी रेमिटान्स कारोबार सुरु गरिएको छ । साथै नेपाल बिप्रेषण पठाउदा १ हप्ता को लागि निःशुल्क पठाउने ब्यबस्था गरिएको छ । र, यो ब्यबस्था ३१ मे २०२० सम्म लागु हुने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल