प्रधानमन्त्रीलाई नै थाहा छैन कोरोनाबाट मृत्यु हुनेको संख्या



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै कोरोना भाइरसबाट मृत्यु हुनेहरुको यकिन जानकारी रहेनछ भन्दा तपाई पत्याउनुहुन्छ कि पत्याउनु हुन्न ?

पक्कै पनि तपाई पत्याउनुहुन्न होला । किनभने प्रधानमन्त्रीलाई सरोकारवाला निकायले पलपलमा सबै किसिमका रिपोर्टिंग गरेका हुन्छन् ।

तर, पत्याउनुहोस् हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा कोरोनाको कारण मृत्यु भएको संख्याबारे अनविज्ञ छन् ।

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको कारण ३ जनाको मृत्यु भएको बताए । जबकी आजसम्म कोरोनाका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छ ।


पुष्प दुलाल