इसेवाले मलेसियाबाट शुरु गर्यो प्रथम अन्तर्राष्ट्रिय वालेट टु वालेट रेमिट्यान्स सेवा



काठमाडौं । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार शुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार शुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो ।

मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार शुरु गरिएकोे कम्पनीले जानकारी दिएको छ । मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउन सक्नेछन् ।

इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स् क्षेत्रमा पहिलो पटक वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने सेवा दिएको हो ।

इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सेवा शुरु गरेसँगै मलेसियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन थप सहज भएको छ ।

साथै वालेट टु वालेट रेमिट्यान्स् पठाउन सकिने भएपछि नेपालीलाई पैसा पठाउन सहज हुने कम्पनीको भनाइ छ । आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार शुरु गरिने कुरा कम्पनीको भनाई रहेको छ ।

डिजिटल माध्यमबाट नै आफूलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिल्ने हुनाले नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्राउन आफुहरुले काम गरिरहने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु