कोरोनाको महामारीमा विश्वका २५ अर्बपतिले कमाए २५५ बिलियन, कुनले कति कमाए ?



मार्क जुकरवर्ग

विश्वका अर्बपति धनिहरु कोरोना महामारीबीच विगत २ महिनामा अझ धनी भएका छन् । उनीले तत्कालिन सम्पत्तिमा २५५ बिलियन अमेरिकी डलर थपेका छन् ।

फोब्र्सका अनुसार महामारीको बीचमा अमेरिकामा सेयर बजार नकारात्मक हुँदा उनीहरुले उक्त रकम बराबरको सम्पत्ति आर्जन गरेका हुन् । र, यो उनीहरुको कुल सम्पत्तिको १६ प्रतिशत बढी रकम हो ।

जसमध्ये सबैभन्दा बढी सामाजिक सञ्जाल फेसबुकका मालिक मार्क जुकरवर्गले कमाएका छन् । फेसबुकले आफ्नो कुल सम्पत्तिको ६० प्रतिशत बढी रकम आर्जन गरेको छ । जसमा सबैभन्दा बढी गत मे २२ मा कमाइ रहेको फोब्र्सले उल्लेख गरेको छ ।

लगानीकर्ताहरुले यस अवधिमा सकारात्मक प्रतिक्रिया दिएका छन् भने फेसबुकले उपलब्ध गराएको डिजिटल स्टोरफ्रन्ट यस अवधिमा साना व्यवसायीका लागि उपयोगी भएको छ ।

जेफ बेजाेस

जसले मार्क जुकरवर्गलाई विश्वको अर्बपति धनीहरुको सूचीमा चौथो स्थानमा ल्याएको छ । यसअघि फोब्सले सन् २०२० को धनीहरुको सूचीमा उनी ७औं स्थानमा थिए ।

योसँगै उनको कुल सम्पत्ति ८६.५ बिलियन अमेरिकी डलर पुगेको छ । धनीहरुको सूचीमा ३६ वर्षे जुकरवर्गले यस अवधिमा वारेन वफेट, अमानसिओ ओर्टेगा र ल्यारी एलिसनलाई पछाडि पारेका छन् ।

२ महिनाको अवधिमा सबैभन्दा बढी सम्पत्ति थप्ने अर्को अर्बपति हुन अमेजनका मालिक जेफ बेजोस । कोरोना भाइरसले विश्वभर लकडाउनको कार्यान्वयनका कारण अनलाइन बिक्री ह्वात्तै बढेको छ । अमेजनको सेयर गत मार्च २३ यता २९ प्रतिशतसम्म बढेको छ । गत शुक्रबारसम्मको तथ्यांक हेर्दा बेजोसको सम्पत्ति माचै २३ यता २६ प्रतिशत अर्थात् ३० बिलियन अमेरिकी डलर बढेर कुल सम्पत्ति १४६.९ बिलियन अमेरिकी डलर पुगेको छ ।

त्यस्तै, चीनको दोस्रो ठूलो अनलाइन प्लेटफर्म पिनडुओडुओका मालिक कोलिन जेच हुवाङले पनि यस अवधिमा अत्यधिक सम्पत्ति आर्जन गरेका छन् । फोब्र्सका अनुुसार उनको कम्पनीले ल्याएको सपिङ अभियानले ठूलो सफलता पाएको थियो । जस अनुसार खरिदकर्ता उपभोक्ताले खरिद साथी तथा परिवारसँग सेयर गर्न सक्ने गरी अनुदान ल्याइएको थियो ।

गत मार्च २३ यता कम्पनीले आफ्नो सेयरको मूल्य करिब दोब्बर पुर्याएको छ । ४० वर्षे सीइओ हुवाङले यस अवधिमा १७.९ बिलियन अमेरिकी डलरको सम्पत्ति थपेका छन् । जसले उनको कुल सम्पत्ति ३५.६ बिलियन अमेरिकी डलर पुगेको छ ।

कोलिन जेन हुवाङ

सबैभन्दा धेरै सम्पत्ति आर्जन गर्नेमा भारतीय अर्बपति मुकेश अम्बानी पनि छन् । उनको कम्पनी रिलाइन्स जियोमा फेसबुकले लगानी गरेको थियो । कम्पनीले एक महिनाभित्र मात्रै १० बिलियन अमेरिकी डलरको सम्पत्ति थप गरेको छ । जसले अम्बानीको कुल सम्पत्ति ५२.७ बिलियन अमेरिकी डलर पुगेको छ ।

जियो बजारमा आएपछि मात्रै २० बिलियन सम्पत्ति थप गरेको हो । यस अवधिमा टेक्नोलोजी कम्पनीहरुले बढी सम्पत्ति आर्जन गरेका छन् ।

धनीहरुले सम्पत्ति थप गरिरहँदा कोरोना महामारीका कारणले अमेरिकामा ३९ मिलियन मानिसहरु बेरोजगार भएका छन् ।

कसको सम्पत्ति कतिले बढ्यो

१) जेफ बेजोस
कुल सम्पत्तिः १४६.८ बिलियन डलर
बढेको रकमः २९.८ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः अमेजन

२) बिल गेट्स
कुल सम्पत्तिः १०६.५ बिलियन डलर
बढेको रकमः ११.९ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः माइक्रोसफ्ट

३) बनार्ड अरनल्ट
कुल सम्पत्तिः ९४.१ बिलियन डलर
बढेको रकमः १२.८ बिलियन
देशः फ्रान्स
सम्पत्ति स्रोतः एलभीएभएच

४) मार्क जुकरवर्ग
कुल सम्पत्तिः ८६.५ बिलियन डलर
बढेको रकमः ३१.४ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः फेसबुक

५) वारेन बफेट
कुल सम्पत्तिः ६९.२ बिलियन डलर
बढेको रकमः ६ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः ब्रेकसायर हाथवे

६) लेरी एलिसन
कुल सम्पत्तिः ६६.४ बिलियन डलर
बढेको रकमः १०.४ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः सफ्टवेयर

७) स्टिभ वालमर
कुल सम्पत्तिः ६५.४ बिलियन डलर
बढेको रकमः १४ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः माइक्रोसफ्ट

८) ल्यारी पेज
कुल सम्पत्तिः ६३.६ बिलियन डलर
बढेको रकमः १४.२ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः गुगल

९) सेरगे ब्रिन
कुल सम्पत्तिः ६१.३ बिलियन डलर
बढेको रकमः १३.७ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः गुगल

१०) अमान्सिओ ओर्टेगा
कुल सम्पत्तिः ६०.५ बिलियन डलर
बढेको रकमः ५.२ बिलियन
देशः स्पेन
सम्पत्ति स्रोतः जारा

११) जिम वालटोन
कुल सम्पत्तिः ५५.२ बिलियन डलर
बढेको रकमः ३.६ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः वालमार्ट

१२) एलिस वालटोन
कुल सम्पत्तिः ५५ बिलियन डलर
बढेको रकमः ३.६ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः बालमार्ट

१३) रोब वालटोन
कुल सम्पत्तिः ५४.८ बिलियन डलर
बढेको रकमः ३.६ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः वालमार्ट

१४) फ्रान्कोसे बेटटेनकोर्ट मेयर्स
कुल सम्पत्तिः ५४.२ बिलियन डलर
बढेको रकमः ६.४ बिलियन
देशः फ्रान्स
सम्पत्ति स्रोतः लोरियल

मुकेश अम्बानी

१५) मुकेश अम्बानी
कुल सम्पत्तिः ५२.७ बिलियन डलर
बढेको रकमः १९.९ बिलियन
देशः भारत
सम्पत्ति स्रोतः तेल, ग्यास, पेट्रोकेमिल्स

१६) कार्लोेस स्लिम हेलु
कुल सम्पत्तिः ५१.२ बिलियन डलर
बढेको रकमः ४.२ बिलियन
देशः मेक्सिको
सम्पत्ति स्रोतः टेलिकम

१७)म्याकेनजेइ बेजोस
कुल सम्पत्तिः ४७.८ बिलियन डलर
बढेको रकमः १०.४ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः अमेजन

१८) मा हुएटेङ
कुल सम्पत्तिः ४६.४ बिलियन डलर
बढेको रकमः ६.८ बिलियन
देशः चीन
सम्पत्ति स्रोतः इन्टरनेट भिडिया

१९) ज्याक मा
कुल सम्पत्तिः ४१.३ बिलियन डलर
बढेको रकमः ३ बिलियन
देशः चीन
सम्पत्ति स्रोतः इ–कमर्स

२०) फिल नाइट
कुल सम्पत्तिः ३७.७ बिलियन डलर
बढेको रकमः ९.९ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः नाइक

२१) इलोन मस्क
कुल सम्पत्तिः ३६.७ बिलियन डलर
बढेको रकमः ९.५ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः टेस्ला मोटर्स, स्पेक्स

२२) कोलिन जेन हुवाङ
कुल सम्पत्तिः ३५.६ बिलियन डलर
बढेको रकमः १७.९ बिलियन
देशः चीन
सम्पत्ति स्रोतः इ–कमर्स

२३) फ्रान्सकोइस पिनउल्ट
कुल सम्पत्तिः ३१.८ बिलियन डलर
बढेको रकमः २.१ बिलियन
देशः फ्रान्स
सम्पत्ति स्रोतः लक्जरी गुड्स

२४) सेलडोन एडेल्सन
कुल सम्पत्तिः ३०.७ बिलियन डलर
बढेको रकमः १.४ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः क्यासिनो

२५) मिचेल डेल
कुल सम्पत्तिः २८.३ बिलियन डलर
बढेको रकमः ३.५ बिलियन
देशः अमेरिका
सम्पत्ति स्रोतः डेल कम्प्युटर्स

स्रोतः फोर्ब्स


क्लिकमान्डु