डिशहोमले डिलर दाईको डिस्काउन्ट योजनामा १० जनाले जिते १ लाख



डिशहोमले डिलर दाईको डिस्काउन्ट नामक योजनाको विजेता छनोट गरेको छ । योजना २०७६ साल चैत्र ७ गते देखि २०७७ साल जेष्ठ ८ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज संचालन भएको थियो ।

योजना अनुसार जेष्ठ ९ गते शुक्रबार साँझ ५ बजे डिशहोमको सोकेस च्यानल नम्बर १०० बाट लक्की ड्र प्रसारण गरिएको थियो । उक्त योजना अनुसार १० जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति १ लाखको दरले नगद प्राप्त गरेका छन् ।

जित्ने विजेताहरुमा सेटअप बक्सको नम्बर, 71913300795 , 02519229234, 71903393800, 02558114709, 71912401511, 71907479506, 71913350964, 71908166573, 71905851581, 02519245752  रहेको छ ।

बिजेताहरुलाई प्रति व्यक्ति १ लाख नगद उपहार दिइने छ ।


क्लिकमान्डु