रोल्स रोयसले ९ हजार कर्मचारी कटौती गर्दै



विमान कम्पनीको इन्जिन निर्माता कम्पनी रोल्स रोयसले ९ हजार कर्मचारी कटौती गर्ने भएको छ । कोभिडको महामारीका कारण कर्मचारी कटौती गर्न लागेको कम्पनीले बताएको छ ।

कोभिडको महामारीका कारण हवाई क्षेत्रको व्यापार खुम्चिएसँगै कम्पनीले कर्मचारी कटौती गर्ने निर्णय गरेको हो । कम्पनीको उक्त निर्णयले वार्षिक १ अर्ब ३० करोड पाउन्छ बचत हुनेछ । तर कम्पनीको पुनःसंरचनामा भने ८० करोड पाउन्ड खर्च हुनेछ ।

कर्मचारीसँगै कम्पनीले कारखाना, सम्पत्ति र अन्य क्षेत्रमा पनि कटौती गर्नेछ । भविष्यमा नयाँ विमान तत्काल नचाहिन पनि सक्ने भएकाले कम्पनीले उक्त निर्णय गरेको जनाएको छ ।

उनले महामारीका कारण विश्वभर २५ प्रतिशत कटौती गर्न बाध्य भएको कम्पनीका प्रमुख कार्यकारी वारेन इस्टले बताएका छन् । कम्पनीका विश्वभरी ५२ हजार कर्मचारी कार्यरत छन् ।
कम्पनीले बोइङ ७८७ र एयरबस ए३५० जस्ता ठूला विमान कम्पनीका लागि इन्जिन उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु