विश्व बैंकद्वारा १६० अर्बको संकटकालीन सहयोग घोषणा



विश्व बैंकले कोरोना भाइरसको असरबाट अर्थतन्त्र उकास्नका लागि १६० अर्ब राहत कोष घोषणा गरेको छ । कोरोनाका कारण विश्वका ६ करोड मानिस गरिब हुने प्रक्षेपण समेत बैंकको छ ।

विश्व बैंकले विश्वका १०० देशका लागि संकटकालिन सहयोगको धोषणा गरेको हो ।

विश्व बैंकले आगामी १५ महिनाभित्र १ खर्व ६० करोड सहयोग खर्च गर्नेछ । यसबाट विश्वका ७० प्रतिशत जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ ।

यो विश्व बैंकको इतिहासमा सबैभन्दा ठूलो प्याकेज हो ।

 


क्लिकमान्डु