कोरोनाको कहरबीच कर्मचारीको मनोवल बढाउन एसिएन पेन्ट्सले तलब बढाउने



कोरोनाको कहरले विश्वव्यापी रुपमा रोजगारी र तलबमा कटौती भइरहेका बेलामा खुसीको खबर आएको छ । एसियन पेन्ट्स कम्पनीले कर्मचारीको तलब काट्ने र कर्मचारी कटाउने नभए बरु उल्टै तलब वृद्धि गर्ने निर्णय गरेको छ ।

कम्पनीले यस्तो अवस्थामा तलब वृद्धि गर्दा कर्मचारीको मनोबल वृद्धि हुने समेत जनाएको छ ।

वर्षको पहिलो क्वारटरमा व्यवसाय घट्दो क्रममा भए पनि तलब भने वृद्धि गर्ने बताएको हो । यसले कर्मचारीलाई प्रोत्साहन हुने समेत बताएको छ ।

कम्पनीका एमडी तथा सीईओ अमिक सेगलले यो कर्मचारीबारे कम्पनीले चासो राख्छ भन्ने अनुमति गराउनका लागि अवसर समेत भएको बताए । उनले प्रत्येक कर्मचारी कम्पनीका लागि महत्वपूर्ण रहेको भन्दै सबै हितमा कम्पनीले काम गर्ने बताए ।

‘हामी हायर र फायरमा छैनौं, परिपक्क ब्राण्डका आधारमा कम्पनीले सबै कर्मचारीको ख्याल गर्दछ,’ उनले भने । कम्पनीले कुनै पनि कर्मचारी कटौती नहुने समेत स्पष्ट पारिसकेको छ ।

कर्मचारीको तलब वृद्धिसँगै कम्पनीले डिलरहरुलाई समेत ४० करोड रुपैयाँ सहयोग समेत गरेको छ । कोरोनाका कारण व्यवसायमा आएको घाटाका कारण डिलममा परेका समस्यालाई सम्बोधन गर्दै कम्पनीले उक्त रकम विनियोजन गरेको हो ।

कम्पनीले सबै डिलरमा काम गर्ने सबैको स्टाफलाई निशुल्क स्वास्थ्य बीमा समेत गरेको छ । साथै निशुल्क रुपमा सेनिटाइजेसन गरसेको छ भने डिलरले दिने रकमको समय सीमा पनि ४५ दिन थप गरेको छ । साथै ४५ दिनभित्र पैसा भुक्तानी गर्नेलाई २ प्रतिशतको छुट समेत दिएको छ ।

कम्पनीले कोरोना भाइरस विरद्ध लड्नका लागि भारतमा ३५ करोड रुपैयाँ सरकारलाई सहयोग समेत गरिसकेको छ ।

एसियन पेन्ट्स ४ जना साथी मिलेर शुरु गरेको कम्पनी हो । चम्पकलाल चोक्सी, चिमनलाल चोक्सी, सुर्यकान्त दानी र अरबिन्द वकिलले मुम्बईमा सन् १९४५ मा कम्पनीको शुरुवात गरेका थिए ।

कम्पनीले भारतमा मात्रै गत वर्ष १९ हजार करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीसँग अहिले ६ हजार कर्मचारी काम गर्छन ।


क्लिकमान्डु