आत्मप्रशंसाले भरिएको नीति तथा कार्यक्रम, तत्काल गर्नुपर्ने काम उल्लेख छैनन्ः पूर्वअर्थमन्त्री महत



काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आत्मप्रशंसाको पुलिन्दा भएको टिप्पणी गरेका छन् ।

‘नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदीय व्यवस्थामा प्रस्तुत गर्ने चरित्र अनुसारको छैन, आगामी आर्थिक वर्ष गर्नुपर्ने कामहरु उल्लेख छैनन्,’ डा. महतले क्लिकमाण्डूसँग भने, ‘आत्मप्रशन्साले भरिपूर्ण छ । लामो बक्तव्य आएको छ, जुन जरुरी थिएन ।’
विगतमा राखेका धेरै हासिल नभएको र सरकारको जताततै आलोचना भइरहेको अवस्थामा नीति तथा कार्यक्रमले भने सरकारको प्रसंसा गरेको महतको टिप्पणी छ ।

‘नयाँ कार्यक्रम के हो ? प्राथमिकता के हो ? त्यो छैन । तर भएभरका सबै लेखिएका छन्,’ उनले भने ।

कोरोना भाइरसका कारण अर्थतन्त्रमा आएको संकटलाई कसरी न्यूनिकरण गर्दै जाने यसलाई उत्थान गर्दै जाने भन्नेमा केन्द्रित हुनुपर्नेमा त्यो भनएको महतको भनाइ छ ।

‘२ वर्ष जोडेर दोहोरो अंकमा आर्थिक वृद्धि भयो भनिएको छ, सुन्दा मिठो लाग्ने तर व्यवहारिक पक्ष विर्सिइएको छ,’ उनले भने ।


पुष्प दुलाल