१० महिनामा २७.९९ प्रतिशत मात्रै विकास खर्च



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको पुँजीगत खर्च २७.९९ प्रतिशत मात्रै गरेको छ । विगतका वर्षहरुमा पनि आर्थिक वर्ष सकिन लाग्दा पुँजीगत खर्च हुने गरेको थियो । यो वर्ष भने कोरोनाका कारण चैत ११ गते देखि सरकारले लगाएको लकडाउनले पुँजीगत खर्च बढन नसकेको हो ।

सरकारले चालु आवमा ४ खर्ब ८ खर्ब ५९ लाख रुपैयाँ पुँजिगत खर्च गने प्रक्षेपण गरेको थियो । जेठ १ गतेसम्म १ खर्ब १४ अर्ब १८ करोड ४८ लाख रुपैयाँ मात्रै खर्च भएको छ । बिहीबारमात्रै ६ करोड ६८ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ ।

यस्तै चालु आवमा सरकारले ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर यो अवधिमा ५४.६० प्रतिशत मात्रै राजस्व संकलन भएको छ । बिहीबारसम्म ६ खर्ब ७ अर्ब १९ करोड १२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

बिहीबारमात्रै सरकारले ४९ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै सरकारले जेठ १ गतेसम्म चालु खर्च ६० प्रतिशत अर्थात ५ खर्ब ७४ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले चालु आवमा ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो ।

सरकारले आर्थिक वर्ष सुरुभएदेखि नै प्रभावकारी रुपमा पुँजीगत खर्च नगर्ने परम्परालाई निररन्तरता दिँदा यो वर्ष कोरोनाका कारण बजेट खर्च हुन नसकेको हो । अधिकाशं समय जेठ र असारमा पुँजीगत खर्च बढी हुने गरेको भएपनि चालु आर्थिक वर्षको सरकारले लगाएको लकडाउनको कारण त्यो पनि सम्भावना कम रहेको देखिएको छ ।


पुष्प दुलाल