सेयर कारोबार बन्द गर्न नेप्सेलाई बोर्डको निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार बन्द गर्ने नेप्सेलाई निर्देशन दिएको छ । बिहिबार आजैबाट लागु हुनेगरी सेयर कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।

‘बढ्दो कोरोना भाइरसको कारण बजार बन्द गर्ने निर्णय गरिएको छ,’ उनले क्लिकमाण्डूसँग भने ‘आजबाट नै लागु हुने गरी अर्को निर्णय नहुँदासम्म दोस्रो बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिइसकेका छ ।’

नेपालमा कोरोनाको संक्रमण क्रमिक रुपमा बढी रहेको कारणले दोस्रो बजारमा कारोबार खुल्ला गर्दा संक्रमणको जोखिम हुने भएकाले लगानीकर्ताको हित र प्रवद्र्धनका लागि धितोपबोर्डले बजार बन्द गराएको अध्यक्ष ढुंगानाको भनाई छ ।

सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो ।

केही दिनअघि बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन पनि दिएको थियो । बोर्डको उक्त निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा बजार शुक्रबार देखि सेयर बजार दैनिक दुई घण्टा बिहान ११ः०० देखि १ः०० बजेसम्म सुचारु भइरहेको थियो ।


क्लिकमान्डु