धितोपत्र बोर्ड मुद्दती खातामा लगानी गर्दै



काठमाडौं । धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने भएको छ । बोर्डले सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डमा रहेकाे लगानीयाेग्य रकम लगानी सम्बन्धी नीति २०७६ को अधिनमा रही मुद्दती खातामा लगानी गर्नुपर्ने जनाएको छ ।

उक्त खातामा लगानी गर्न चाहने ‘क’ वर्गका वाणिज्य बैंकले सूचना प्रकाशित भएको मितिले ३ कार्य दिन भित्र कार्यालय समय भन्दा १ घन्डा अगावै आवश्यक कागजात सहित सिलबन्दी प्रस्ताव बोर्डमा दर्ता गर्न भनिएको छ ।


क्लिकमान्डु