एक घन्टा पनि टिकेन सेयर बजार, २% ले घटेपछि बन्द



काठमाडौं । लकडाउनको ४९ दिनपछि खुलेको सेयर बजार दोस्रो दिन पनि २ प्रतिशतले घटेर बन्द भएको छ ।

कारोबारको सुरुदेखि नै आरोलो लागेको सेयर बजार ४१ मिनेटमा २ प्रतिशतले घटेर बन्द भएको हो ।

७४ कम्पनीको कारोबारमा सबै कम्पनीका लगानीकर्ताले गुमाएका छन् । १० हजार ५२६ कित्ता सेयर ३६ लाख १३ हजार ५२३ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा भारी गिरावट देखिएको छ । बैंकिङ २५.६५, जलविद्युत कम्पनी १८.०३, निर्जीबन बीमा कम्पनी ५७.१७, उत्पादन तथा प्रशोधन ३४.२२, माइक्रोफाइनान्स २३.९६ र जीवन बीमा समूहको उपसूचक १२९.९७ अंकले घटेको छ ।

लकडाउनको ४९ दिनपछि आइतबारको कारोबारमा पनि बजार २ प्रतिशनको नकारात्मक सर्किट लागेपछि झण्डै डेढ घन्टामा बन्द भएको थियो । दोस्रो दिनको कारोबार १ घन्टा पनि पुरा हुन सकेन ।


क्लिकमान्डु