प्रभु बैंकको नाफा १ अर्ब ४६ करोड, सेयरधनीलाई बाड्न मिल्ने नाफा ७७ करोड ४९ लाख



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएको छ ।

बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा १ करोडले नाफा बढाएको हो ।
बैंकले चैत मसान्तसम्मको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा ७७ करोड रुपैयाँ कमाएको उल्लेख गरेको छ ।

चैत मसान्तसम्ममा बैंकमा १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको चैत मसान्तसम्ममा बैंकको निक्षेप १ खर्ब ५ अर्ब रुपैयाँ थियो । यस्तै बैंकले चैत मसान्तसम्ममा ९९ अर्ब ३९ करोड रुपैयाँ ऋण दिएको छ ।

बैंकले ३ अर्ब ५९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको चैतमा ३ अर्ब ३७ करोड रुपैयाँ बैंकले ब्याज आम्दानी गरेको थियो ।
बैंकको पूँजीकोष अनुपात ११.५६ प्रतिशत रहेको छ । यस्तै खराब कर्जा अनुपात(एनपीएल) २.९५ प्रतिशत रहेको छ । बैंकले चैत मसान्तसम्ममा ५.३२ प्रतिशत स्प्रेडदर राखेको छ । यस्तै बेसरेट ८.९८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बेसरेट ९.१६ प्रतिशत रहेको थियो । कर्जा निक्षेप अनुपात(सीसीडी रेसियो) ७३.७४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १९.८९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु