सेयर बजारमा अब लगानीकर्ताले के गर्ने ?: निर्मल प्रधानको टिप्स



लकडाउनपछि मंगलबारदेखि सेयर कारोबार खुल्ने भएको छ । लामो समयदेखि सेयर कारोबार बन्द भएको हुँदा लगानीकर्तालाई पैसाको खाचो भएको छ । अन्य व्यापार व्यवसाय पनि ठप्प भएको हुँदा तरलता व्यवस्थापन गर्नको लागि लगानीकर्ताले सेयर बेच्न सक्ने सम्भावना देखिन्छ ।

मंगलबारदेखि खुल्ने सेयर बजारमा पहिलो साता सेलिङ प्रेसर बढी आउन सक्छ । त्यसपछि भने सेयर बजार धेरै तल जादैन । लकडाउन अगाडि नै नेपाली सेयर बजार १६ सय बिन्दु पार गरेर फर्केको हो । त्यो हुँदा धेरै तल सेयर बजार घट्ने सम्भावना हुँदैन ।

यद्यपी जलविद्युत्,बीमा तथा लघुवित्त कम्पनीको सेयर मूल्य तल झर्न सक्ने सम्भावना हुन्छ ।

लगानीकर्ताले एकहप्ताको बजारलाई  हेरेर मूल्यांकन गरेर मात्र आफ्नो लगानीलाई निर्धारण गर्नुपर्ने हुन्छ । एकहप्ता कुरेर मात्र थप के गर्ने भन्ने निर्णय लिन सकिन्छ । म आफैले पनि मंगलबारदेखि एकहप्तासम्म बजार कसरी अगाडि बढ्छ त्यसलाई मूल्यांकन गरेर अगाडि बढ्ने सोचमा छु ।

अहिले तेस्रो त्रैमासिक अवधीको वित्तीय विवरण आउने समय हो । लकडाउनको कारण अघिल्लो वर्षजस्तो उल्लेखनिय नाफा बैंकहरुको बढेको छैन । तर,बैंकहरु घाटामा जाने छैनन् । बैंकहरुले जति कमाएका हुन्छन् त्यो रकम बैंकलाई बलियो बनाउनको लागि आगामी वर्ष नगद लाभांशभन्दा बोनस सेयर दिने सम्भावना हुन्छ ।

बैंकको सेयर मूल्य अहिले नै कम छ । त्यो हुँदा केही घटेपनि सेयर बजार तल जाने सम्भावना छैन । कोरोनाको प्रभाव नदेखिएको भए नेपाली सेयर बजारले बुलिस ट्रेण्डमा जाने संकेत दिने थियो । यद्यपी सेयर बजार लकडाउन अगाडि घटेको भएपनि एकपटक करेक्सन भएर अगाडि जाने थियो ।

अर्को अहिले उद्योग व्यवसायहरु ठप्प छ । यो हुँदा सेयर बजार मात्र लगानी गर्ने एउटा बिकल्प छ । ठूला पूँजीपति वर्गले पनि सेयर बजारमा लगानी गर्न सक्ने सम्भावना छ । प्रधानसँगको कुराकानीमा आधारित

नोट : यसलाई आधार मानेर गरेको लगानीको लाभहानीको जिम्मेवार लगानीकर्ता आफै हुनुपर्छ


क्लिकमान्डु