चीनले सरकारलाई दियो ४० हजार पीसीआर टेस्ट किटसहित अन्य स्वास्थ्य सामग्री



काठमाडौं । चीन सरकारले विभिन्न स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै राजदूत यान्छीले यो महामारीलाई जित्नुपर्ने बताउँदै यो सहयोग दुई मानिसको बीचमा मात्रै नभएको भन्दै महामारीविरुद्धको लडाइमा साथ दिएको बताइन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४० हजार पीसीआर टेस्ट किट, १० हजार डिस्पोजेल गाउन, २० हजार एन९५ मास्क, ८ हजार सर्जिकल मास्क र १० हजार मेडिकल चश्मा चिनियाँ सरकारबाट प्राप्त भएको हो ।


क्लिकमान्डु