लगानीकर्तालाई बीओआईडी अद्यावधिक गर्न नेप्सेको आग्रह



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर लगानीकर्तालाई आफ्नो बीओआईडी अद्यावधिक गराउन आग्रह गरेको छ ।

मंगलबारदेखि दोस्रो बजारको सेयर कारोबार हुने भएकोले लगानीकर्ताले कारोबारको आदेश प्रविष्ट गरेपछि निजको धितोपत्र निक्षेप खातामा रहेको मौज्दात अनिवार्य जाँच गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

यसको लागि सम्बन्धित सदस्य दलालसँग सम्पर्क गरी आ-आफ्नो बीओआईडी अध्यावधिक गर्न गराउन लगानीकर्तालाई आग्रह गरेको हो ।

एक लगानीकर्ताले एउटा बीओआईडीलाई एउटा कारोबार खातासँग मात्र आवद्ध गराउन सकिने व्यवस्था गरेकोले सोही अनुसार गर्न गराउन भनेको छ । दोस्रो बजारमा कारोबार गर्ने/गराउने भएकोले धितोपत्र बोर्डबाट जारी भएको विज्ञप्ति समेत अध्ययन गर्न अनुरोध गरेको छ ।


क्लिकमान्डु