सेयर बजार सरकारको प्राथमिकतामाः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामि आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पुँजी बजारलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

संघीय संसदको प्रतिनिधि र राष्ट्रियसभाको बैठकमा बजेटको सिद्दान्तको बारेमा जानकारी गराउँदै यस्तो बताएका हुन ।

मन्त्री डा. खतिवडाले आगामी आवको बजेटमा पुँजी बजारको दिगो विकासको लागि संस्थागत र प्रणालीगत सुधारमा जोड दिइने बताए । आगामी आवको बजेटमा लगानीका नयाँ र वैकल्पिक वित्तीय उपकरणहरु प्रयोगमा ल्याउन प्रोत्साहित गरिने पनि उल्लेख छ ।

मन्त्रीले आगामी आवको बजेटमा सेयर बजारमा लगानीको वाताबरणलाई थप सहज तुल्याई नेपाललाई प्रतिस्पर्धात्मक लगानी गन्तव्यको रुपमा स्थापित गरिने उल्लेख छ । यता बीमा क्षेत्रको दिगो विकासको लागि संस्थागत र प्रणाली सुधारमा जोड दिने जनाएको छ ।


पुष्प दुलाल