असार मसान्तसम्म अनलाइनको यूजर, पासवर्ड र मेरो सेयरकाे खाता खोल्दा पैसा नलाग्ने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार असार मसान्तसम्म अनलाइन बाट कारोबार गर्ने लगानीकर्ताले यूजर र पासवर्ड लिँदा ग्राहकले कुनै शुल्क नलाग्ने जनाएको छ ।

नेप्सेका अनुसार २०७७ साउनदेखि भने नियमअनुसार तोकिएको शुल्क तिरेर मात्रै ग्राहकले यूजर र पासवर्ड लिन सक्ने जनाएको छ ।

नेप्सेका अनुसार लगानीकर्तालाई मेरो सेयरको खाता खोली सोही खाताबाट अनिवार्य रुपमा इडिआईएस मार्फत राफसाफ गर्ने व्यवस्था गर्ने जनाएको छ ।

यता २०७७ असार मसान्तसम्म मेरो सेयरको खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालय मार्फत राफसाफको व्यवस्था मिलाउन पनि आग्रह गरेको छ ।

नेप्सेले लगानीकर्ताहरुको गुनासो सुन्ने र समाधानको लागि हेल्प हेक्सको व्यवस्था गर्ने समेत जनाएको छ ।


क्लिकमान्डु