अर्थमन्त्रीलाई करको चिन्ता, भने- करको पहुँच विस्तार गरी दायरा बढाउँछु



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा करको पहुँच विस्तार गरी दायरा बढाउने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटको सिद्दान्त प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले आन्तरिक राजश्व परिचालन अभिवृद्धि गर्न दायरा र कर सेवाको पहँुच विस्तार गरिने बताएका छन् ।

‘आगामी बजेटमा संरचना विस्तार, कर सचेतना अभिवृद्धि र कर कानुनको परिपालनामा जोड दिइने छ,’ मन्त्री खतिवडाले भने ‘जसका लागि कर प्रणालीलाई थप सरलिकरण गरिनेछ ।’

विद्युतीय प्रणालीबाट राजस्व भुक्तानी गर्न प्रोत्साहित गरिने र राजस्व चुहावट नियन्त्रण थप प्रभावकारी बनाईने उनले बताए ।

यसैगरी उनले कोरानाको कारण गुमेको रोजगारीलाई पुनस्र्थापित गर्न वैदेशिक रोजगारीबाट फर्कनेहरुलाई रोजगारी उपलब्ध गराउन, स्वरोजगारी बढाउन कृषि, साना घरेलु तथा मझौला उद्यम र सेवा क्षेत्रमा संलग्न हुने पेरित गर्ने गरी बजेट तर्जुमा गर्ने बताए ।
जसका लागि रोजगारी सिर्जना गर्ने र न्यूनतम रोजगारीको प्रत्याभूति दिने कार्यक्रमलाई प्रदेश र स्थानिय तहसँगको सहकार्यमा उकीकृत रुपमा सञ्चालन गरिने जानकारी दिए ।


पुष्प दुलाल