साढे २ सातामा अम्बानीले थपे साढे ९ खर्ब



एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी जियो टेलिकमको २.३ प्रतिशत सेयर अमेरिकास्थित भिस्टा इन्विटी पाटनर्सले खरिद गरेको छ । कम्पनील १.५ बिलियन अर्थात १ खर्ब ८१ अर्ब रुपैयाँमा खरिद गरेको हो ।

जियो टेलिकमले साढे २ साताभित्र लगानीकर्ता ल्याएको यो तेस्रो पटक हो । यसबीचमा कम्पनीले १३.५ प्रतिशत सेयर बिक्री गरी ८ बिलियन अमेरिकी डलर अर्थात ९ खर्ब ६७ अर्ब रुपैयाँको लगानी ल्याएको हो ।

यसअघि शुरुमा सामाजिक सञ्जाल फेसबुकले गत अप्रिल २२ मा १० प्रतिशत सेयर वापत ५.७ बिलियन अमेरिकी डलर अर्थात् ६ खर्ब ८९ अर्ब रुपैयाँ लगानी ल्याएको थियो । त्यसपछि क्यार्लिफोनियास्थित प्राइभेट इन्विटी फार्म सिल्भर लेक पाटनर्सले १ प्रतिशत सेयर ७४८ मिलियन अमेरिकी डलर अर्थात् ९० अर्ब ४५ करोड रुपैयाँमा खरिद गरेको थियो ।

५६ बिलियन अमेरिकी डलरका सम्पत्ति भएका अम्बानीले भिस्टाका दुई संस्थापक रोबर्ट स्मिथ र ब्रेइन सेठ ग्लोवल टेक्नोलोजीका लिडर भएको र भारतमा डिजिटलाइजेसनका लागि राम्रो हुने विश्वास व्यक्त गरेका छन् ।

अम्बानीले भिस्टासँगको सहकार्यले आधुनिक उपभोक्ता तथा विश्वमा बढ्दो डिजिटल अर्थतन्त्रका लागि राम्रो भएको बताए ।

भिस्टा सफ्टवेयर, डाटा तथा टेक्नोलोजीको क्षेत्रमा अग्रणी कम्पनी हो । कम्पनीले विश्वभरी ५७ बिलियन पुँजी छ ।


क्लिकमान्डु