अब माग गरेकै आधारमा विमानस्थल बन्दैनन्, यी ३ आधार हेरिन्छः पर्यटनमन्त्री योगेश भट्टराई



काठमाडौं । सरकारले अब माग भएकै आधारमा विमानस्थलको निर्माण नहुने बताएा छन् । बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री भट्टराईले विगतमा जस्तो माग गरेकै आधारमा विमानस्थल निर्माण नहुने बताए ।

निर्वाचनका समयमा नेताले भोट पाउनका लागि विमानस्थल बनाइदिन्छु भनेकै आधारमा विमानस्थल निर्माण नहुने उनले स्पष्ट पारे । उनका अनुसार अब नेताहरुले पनि सम्भावना बिना नै आश्वासन पनि दिन नहुने बताए ।

कोभिडले पर्यटन क्षेत्रमा ठूलो असर गरेको भन्दै अब खर्च कटौती गर्नुपर्ने अवस्था आएकाले तत्काल जहाँपायो त्यही विमानस्थल नबन्ने बताए ।

उनका अनुसार यसका लागि ३ वटा आधारमा मात्रै विमानस्थल बनाउने निर्णय लिइने बताए ।

पहिलो आधार पर्यटकीय हिसाबले फाइदा हुने हुनुपर्छ, विमानस्थलकै कारणले पर्यटक बढ्ने र त्यसबाट आम्दानी भयो भने मात्रै विमानस्थल निर्माण गर्न सकिने उनले बताए ।

त्यस्तै, कतिपय स्थानमा यातायातका अन्य साधन नपुगेको र विमानस्थल आवश्यक भएको ठाउँमा राज्यले पनि सेवा दिनुपर्ने हुन्छ । त्यस्ता ठाउँमा अध्ययन र सम्भावनाका आधारमा निर्माण हुनेछन् ।

तेस्रो आधारमा विमानस्थल निर्माण र सञ्चालनबाट व्यवसायिक प्रतिफल पनि आउनुपर्छ । यदी कुनै ठाउँमा विमानस्थल बनेकै आधारमा आर्थिक रुपमा राम्रो प्रतिफल आउँछ भने पनि त्यस्ता ठाउँमा पनि विमानस्थल निर्माण गर्नका लागि राज्यले निर्णय लिन सक्छ ।

त्यसबाहेक अब स्तराेन्नती गर्न पर्ने  विमानस्थलका लागि पनि बजेट खर्च हुनेछ ।


क्लिकमान्डु