आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नाफा ३८ प्रतिशतले घट्यो



काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा संस्थाको खुद नाफा ९ करोड २९ लाख रुपैयाँले घटेको हो ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको चैत मसान्तमा २४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवको सोही अवधिमा खुन नाफा ३८ प्रतिशतले घटेर १५ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ ।

सो अवधिमा संस्थाले ७ अर्ब ७२ करोड ३१ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तबाट सापटी लिएर ८ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट सस्थाको गत आवको तुलनामा ब्याज आम्दानी भने २९.८२ प्रतिशतले घटेको छ ।

गत आवको चैत मसान्तसम्म ३४ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आवको सोही अवधिमा १० करोड ४० लाख रुपैयाँले घटेर २४ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ ।

साथै संस्थाको सञ्चालन मुनाफा १० करोड ८५ लाख ४८ हजार रुपैयाँ घटेर २३ करोड ८१ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ ।

यसैगरी, संस्थाको वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा प्रतिसेयर नेटवर्थ २सय ७३ रुपैयाँ ७० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.६४ गुणा रहेको छ ।


क्लिकमान्डु