अर्बपति लगानीकर्ता वारेन बफेटले सबै एयरलाइन्समा भएको सेयर बिक्री गरे



अर्बपति लगानीकर्ता वारेन बफेटका अनुसार उनको कम्पनी वर्कसायर हाथावेले अमेरिकाका ४ वटा ठूलो एयरलाइन्स कम्पनीमा भएको सबै सेयर बिक्री गरिएको छ ।

सेयरहोल्डलहरुको वार्षिक बैठकमा बफेटले कोरोना भाइरसका कारण विश्वमा कैयन परिवर्तन भएको बताए । कोरोनाको महामारीका कारण यो वर्ष अनलाइन बैठक बसेको थियो । जसमा उनले एयरलाइन्स क्षेत्रमा लगानी गर्ने उनको फैसला गलत भएको बताए ।

रोयर्टस समाचार एजेन्सीका अनुसार बफेटको वायन आउनुभन्दा अघि नै उनको कम्पनी वर्कसायर हाथवेले वर्षको पहिलो त्रैमासमा ५० अर्ब अमेरिकी डलरको घाटा भएको घोषणा गरेको थियो ।

कम्पनीको वार्षिक रिपार्ट तथा कम्पनीको फाइलिङ अनुसार वारेन बफेटले अमेरिकाको ४ ठूला एयरलाइन्स कम्पनीमा लगानी गरेको थियो । जसमध्ये एउटा डेल्टा एयलाइन्स पनि थियो । जसमा ११ प्रतिशत, अमेरिकन एयरलाइन्समा १० प्रतिशत, साउथवेस्ट एयरलाइन्समा १० प्रतिशत र युनाइटेड एयरलाइन्समा ९ प्रतिशत सेयर थियो ।

वफेटले एयरलाइन्स क्षेत्रको अवस्था विश्लेषण गरेरै उक्त निर्णय लिएको बताए । उनले नोक्सानी ठूलो भएकाले सबै सेयर बिक्री गरेको उनले बताए ।
‘हामी त्यस्तो कुनै पनि कम्पनीमा लगान िगर्दैनौं, जहाँबाट हामीलाई भविष्यमा पूरै पैसा डुबोस,’ उनले भनेका छन् ।

कोरोना महामारीका कारण अहिले अमेरिकाको ट्राभल क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । जसका कारण हजारौंको संख्यामा विमान कम्पनीहरुले उडान रद्द गरेका छन् । भने हजारौं विमानहरु ग्राउन्डेड हुन बाध्य भएका छन् ।

बफेटले महामारीभन्दा पहिले एयरलाइन्समा भएको लगानीका बारेमा बिचार भइरहेको थियो ।

‘अहिले माग छैन र यो हाम्रा लागि ठूलो झट्का हो,’ उनले भने ।


क्लिकमान्डु