रक्सी किन्ने बढेपछि भारतमा सरकारले ७० प्रतिशत कर बढायो



काठमाडौं । भारत सरकारले लकडाउनका समयमा पनि सोमबारदेखि मदिरा बिक्री शुरु गर्यो । लकडाउनको अवधिमा पनि मदिरामा बिक्री अत्यधिक भएपछि राजधानी नयाँ दिल्लीमा मदिरामा ‘विशेष कोरोना शुल्क’ ७० प्रतिशतले मूल्य बढाइएको छ ।

सरकारले राजस्व संकलनमा वृद्धि हुने अपेक्षा सहित उक्त शुल्क बढाएको हो । अब मंगलबारदेखि नयाँ दिल्लीमा मदिराको मूल्य ७० प्रतिशतले महंगो भएको छ ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले मन्त्रिपरिषदको निर्णय भन्दै मदिराको मूल्य वृद्धि गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि मूल्यमा भारी वृद्धि भए पनि मदिरा पसलमा लाग्ने भीड भने कम भएको छैन ।

भारतमा सोमबारदेखि मदिरा बिक्रीको अनुमतिसँगै खरिदका लागि लामो भीड लागेको थियो । त्यसको केही घण्टामै सबै मदिरा पसल बन्द गरिएको समेत थियो ।


क्लिकमान्डु