महेश बस्नेत, सर्वेन्द्र खनाल र किसन श्रेष्ठमाथि सांसद अपहरणको मुद्दा दायर भयो



काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनता समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवको अपहरण उजुरी लिएको छ । सोमबार बबरमहलस्थित कार्यालयले यादवको अपहरण उजुरी लिएको हो ।

यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो ।

यादवले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालले आफूलाई अपहरण गरेको भन्दै मुद्दा दर्ता गराएका हुन् ।

बस्नेत, श्रेष्ठ र खनालले सांसद यादवको महोत्तरीस्थित घरमै पुगेर अपहरणको शैलीमा काठमाडौं ल्याएका थिए । प्रधानमन्त्री केपी ओलीको निर्देशनमा उनीहरुले सांसद यादवलाई जबरजस्ती काठमाडौं ल्याइएको बताइएको छ ।

समाजबादी पार्टी फुटाउने उद्देश्यले यादवलाई काठमाडौं ल्याइएको थियो ।


पुष्प दुलाल