भारतमा १५ दिनको लागि थपियो लकडाउन



कोरोना भाइरस नियन्त्रणमा नआएपछि भारतले १५ दिनको लागि लकडाउन थपेको छ ।

भारतमा पछिल्लो पटक थपेको लकडाउन मे ३ तारिकमा सकिने थियो । भारत सरकारले थप १५ दिनका लागि लागू गरेको लकडाउन १७ मेसम्म लागू हुनेछ । भारत सरकारले ग्रीन र अरेन्ज जोनमा भने लकडाउनमा राहत दिने छ ।

भारत सरकारले लकडाउन लम्बाएसँगै नेपालमा पनि लकडाउन थपिने देखिएको छ । नेपालमा बैशाख २५ सम्म लकडाउन लागु गरिएको छ ।


क्लिकमान्डु