सेयर बजारलाई लामो समयसम्म लकडाउन गर्न सकिन्नः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लामो समयसम्म धितोपत्र बजारलाई लकडाउन गर्न नसकिने बताएका छन् । उनले सेयर बजार खोल्ने विषयमा सोच्नुपर्ने बताए ।

नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था(आइक्यान)ले आयोजना गरेको भिडियो कन्फ्रेन्समा मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

‘सँधै धितोपत्र बजारलाई लकडाउन गर्न सकिँदैन । आर्थिक उत्थानका लागि पुँजी बजार विकास गर्न आवश्यक छ । त्यसको लागि धितोपत्र बोर्डले आवश्यक समन्वय गरेर काम गर्ने छ ।’

उनले लकडाउन पछि नेपालको सेयर बजारलाई धेरै नै भाइब्रेन्टको रुपमा अघि बढने छ ।


क्लिकमान्डु