बीमितको अनुरोध भए लकडाउन सकिएको १५ दिनसम्म बीमालेख नवीकरण हुने



काठमाडौं । बीमितको लिखित अनुरोध (विद्युतीय माध्यममा) बीमा कम्पनीलाई आग्रह गरेको खण्डमा लकडाउन सकिएको १५ दिनसम्म बीमा लेख नवीकरण हुने भएको छ ।

बैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले लकडाउनको अवधिभित्र संकलन गर्नपर्ने जीवन बीमा प्रिमियम वापतको रकम संकलन गर्ने अवधि जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

उक्त अवधिको ब्याज नलाग्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । गत चैत र वैशाख महिनामा नविकरण गर्नुपर्ने बीमा अभिकर्ता र सर्भेयरको ईजाजतपत्र नवीकरणको म्याद असार मसान्तसम्म थप गरी सोवापत जरीवाना नलाग्ने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ ।

निर्जीवन बीमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीका लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाइ क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ ।


क्लिकमान्डु