सेयर राफसाफ गर्ने समय असार मसान्तसम्म थपियो



काठमाडौं । सूचिकृत कम्पनीहरुले बुझाउनु पर्ने सम्पूर्ण विवरण असार मसान्तसम्म बुझाए हुने भएको छ ।

बैशाख १४ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार धितोपत्र ऐन बमोजिम सूचिकृत कम्पनीले बुझाउनुपर्ने विवरणहरु बुझाउनु पर्ने म्याद २०७७ असार मसान्तसम्म कायम गरिएको हो ।

उक्त विवतरणमा बैंक तथा वित्तीय संस्थाको वित्तीय विवतरण म्यूचुअल फण्डहरुको कारोबारको विवरण, रेगुलेटरी विवरणलगायत छन् ।

त्यस्तै सरकारले गरेको अर्को निर्णयमा धितोपत्र बजारमा कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुको हिसाब राफसाफ गर्ने समयावधि २०७७ असार मसान्तसम्म कायम गर्ने रहेको छ ।


क्लिकमान्डु