पर्यटन बोर्डका सीइओ रेग्मीले भने- पर्यटन क्षेत्रका लागि २० अर्बको प्याकेज चाहिन्छ



काठमाडौं । कोभिड १९ को असरबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रका लागि २० अर्बको प्याकेज आवश्यक रहेको बताएका छन् ।

कोरोनाका कारण नेपालको पर्यटन क्षेत्रमा ठूलो असर परेको बताउँदै उकास्नका लागि सरकारले २० अर्बको प्याकेज ल्याउनुपर्ने बताए ।

त्यसबाहेक पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीहरुका लागि १ वर्षसम्म ब्याजदर र किस्ता तिर्न नपर्ने र ३ वर्षसम्म किस्ता तिर्ने अवधि लम्ब्याउनु पर्ने तर्क गरे ।

उनले सरकारले यो क्षेत्रका लागि एकमुष्ठ प्याकेज ल्याउनु पर्ने बताउँदै बजेटबाट सबै कुरामा सम्बोधन हुनेमा आफू आशावादी भएको समेत बताए ।

बोर्डले लकडाउन खुले लगत्तै यस क्षेत्रका बेरोजगार १८ सय कामदारहरुलाई रोजगारी दिने तयारी पनि भएको जानकारी दिए । जसमध्ये १ हजार जनालाई युएनडीपीले र ८ सय जनालाई बोर्डले रोजगारी दिनेछ ।

त्यसबाहेक अब आन्तरिक पर्यटन बढाउनु पर्ने अवस्था आएकाले सरकारले कर्मचारीलाई समेत तलबी बिदा दिनुपर्ने बताए । साथै नेपालबाट विदेश जाने पर्यटकहरुलाई समेत अब आन्तरिक पर्यटनमा आकर्षित गर्नुपर्ने उनको भनाइ छ ।

उनले अहिलेसम्म पर्यटन क्षेत्रको विस्तृत तथ्यांक नभएकाले आगामी दिनमा विस्तृत तथ्यांक संकलन गर्ने समेत जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा आबछ १६ देखि २० लाख मानिसहरु प्रभावित भएका छन् ।

‘५ लाख मानिसहरु प्रत्यक्ष जोडिएका थिए भने अप्रत्यक्ष रुपमा गरी १६ देखि २० लाख मानिसहरु पर्यटन क्षेत्रसँग जोडिएका छन्,’ उनले भने ।


क्लिकमान्डु