आन्तरिक उडान गरिरहेका विमान कम्पनीलाई अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि खुल्यो आवेदन



काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि आन्तरिक वायुसेवा संस्थासँग प्रस्ताव आह्वान गरेको छ । बिहीबार पर्यटन मन्त्रालयले मापदण्ड पूरा गरी अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्न चाहनेले आवेदन दिन सक्नेछन् ।

मन्त्रिस्तरको गत बैशाख १५ गतेको निर्णय अनुसार इच्छुक कम्पनीले ५० हजार रुपैयाँ र आवश्यक कागजात सहित ४५ दिनभित्र निवेदन दिन सक्नेछन् ।

आन्तरिक वायुसेवालाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय वायुसेवाको रुपमा ३ वटा वायुयानबाट सेवा सञ्चालन इजाजतका लागि क वर्गका लागि चुक्ता पुँजी १ अर्ब रुपैयाँ, ख वर्गका लागि ७५ करोड रुपैयाँ, ग वर्गका लागि ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

साथै न्यूनतम ३ वटा वायुयान हुनुपर्ने व्यवस्था भएकोमा सोभन्दा बढी वायुयान भएको कम्पनीले प्रत्येक विमान अनुसार थप १० करोड रुपैयाँ थप चुक्ता पुँजी हुनुपर्नेछ ।

त्यसैगरी ५ वर्षसम्म आन्तरिक वायुसेवा सञ्चालन गरेको, व्यस्था भए अनुसार चुक्ता पुँजी भएको र कम्तीमा ५ वटा वायुयान सञ्चालन गरेको अनुभव भएको कम्पनीले आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु