हाइकु



विघटनको संघारमा
एकतामा‌ बल छैन
कोरोनाको कहर ।
२,
गोरुको बाह्रै टक्का
म बोल्दा तँ किन
महाराज हुने लक्षण ।
३,
जनहरु‌ आक्रान्त
सडकमा राहत
शब्दहरुको सम्बोधन ।
१,
कोरोनाको त्रास
राजनीतिको भाग
जनतालाई फिस्स ।
२, घनानन्दको तर्क
जनताको ‌सेवक
चाणक्य अवाक ।
३,
तर्क भित्रको कुतर्क
त्यो‌ भन्दा‌ म‌ ठिक
तँ चुप मेरो‌ सुन ।
१,
कोरोनाको कहर
लकडाउनको दवाई
मिथ्याकरणको‌ जन्म।
२, समाजिक दुरी शुन्य
आर्थिक स्थिति
भाँडहरुको लुट।
३ मन्दिरमा देवता
रित्तिएका थाल
अक्षरको भकारी।
१,
दम्भ कति हो
चेत नआउने
भ्रष्टाचार सही ।
२, दन्ते कथा होईन
बर्तमानको
म नै हो सही ।
३,
रुप नफेरीएको
सासकहरु
सर्वहारा ।
४,
अक्षरको रास
सम्बोधनको जात्रा
कानलाई बतास ।


पुष्प दुलाल