उद्योगीलाई राष्ट्र बैंकको राहतः चालु पुँजी कर्जाको सीमा १० प्रतिशत बढाइयो, ब्याजदर घटाइयो



काठमाडौं । ठूला उद्योगीहरुका लागि राष्ट्र बैंकले राहत प्याकेज ल्याएको छ । उद्योगीहरुले चालु पुँजी कर्जाको सीमा बढाउन र ब्याजदर घटाउन माग गर्दै आएका थिए ।

राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै चालु पुँजी कर्जा (वर्किङ क्यापिटल लोन) को सीमा १० प्रतिशतले बढाएको हो ।

उदाहारणका लागि तपाईंले चालु पुँजी कर्जा १ अर्ब लिनुभएको थियो । कोरोना र लकडाउनका कारण तपाईंलाई नगद प्रवाहमा समस्या परिरहेको छ । उक्त समस्या समाधान गर्न तपाईंले अब १० करोड रुपैयाँ ऋण थप गरेर लगानी गर्न पाउनुहुने भएको छ ।

त्यसैगरी, लकडाउन अवधिभरमा नवीकरण गर्नुपर्ने कर्जा लकडाउनका कारण नविकरण गर्न नसकेको समस्यालाई पनि राष्ट्र बैंकले सम्बोधन गरेको छ । लकडाउन अवधिभर नविकरण नहुँदा पनि बैंकले ऋणीलाई वाचलिस्टमा राख्न पाउने छैनन् ।


पुष्प दुलाल