कोरोना भाइरस सम्बन्धि ६ नयाँ लक्षण पत्ता लाग्यो



अमेरिकी सरकारको उच्च मेडिकल संस्थान सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले कोरोना भाइरसको संक्रमण सम्बन्धि ६ वटा नयाँ लक्षण पत्ता लगाएको छ ।

जसमा निकै चिसो महसुस हुने, काम्ने, शरीरमा दुखाइ हुने र लगातार टाउको दुख्ने र घाँटीमा दुखाईसँगै स्वाद वा गन्ध महसुस गर्न नसक्ने लक्षणहरु पनि देखिने बताएको हो ।

यसअघि सीडीसीले ज्वरो, खोकी र श्वास लिने समस्या हुने जस्ता मात्रै लक्षण हुने बताएको थियो । लक्षण पहिचान गर्नका लागि धेरै परीक्षण गर्नुपर्ने बताइएको छ । यस्ता लक्षणहरु २ दिनदेखि १४ दिनसम्म देखिने समेत बताइएको छ । साथै अनुहार तथा ओठमा निलो देखियो भने डाक्टरको सल्लाह लिन पनि सुझाव दिइएको छ । – एजेन्सी


क्लिकमान्डु