सनराइज बैंकले फूडमान्डुबाट खाना अर्डर गर्दा विशेष छुट दिने
काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।
ग्राहकहरुको सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि फूडमान्डुमा माग गरिएको अर्डरका लागि सनराइज बैंककाे डेबिट/क्रेडिट कार्ड तथा क्यूआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्नेछ ।
यो अफर लकडाउन अवधीसम्म काठमाडौं उपत्यकाभित्र मात्र मान्य हुनेछ ।
वर्तमान परिस्थिति तथा रोग संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस्ता सम्झौताहरु ग्रिएको बैंकले जनाएको छ ।
घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बेंकिङले ग्राहकहरुलाई आग्रह गरेको छ । साथै बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीएम नेटवर्क, अनलाइन बैंकिङ सेवाका साथै केही नगद काउन्टर, रेमिट्यान्स सेवाहरु सुचारु राख्दै आएको छ ।