प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १० अर्ब बजेट



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममा १० खर्ब रुपैयाँको बजेट निर्धारण गरेको छ ।

आगामी वर्ष १ लाख मानिसलाई रोजगारी दिने उद्देश्यले १० खर्ब रुपैयाँको बजेट छुट्याइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव एवम् प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

‘अति गरिब मानिसहरु जसलाई आफ्नो आम्दानीले ३ महिना खान लाउन पुग्दैन त्यस्ता वर्गलाई प्राथमिकता दिएर १ लाख मानिसलाई रोजगारी सुनिश्चित हुने गरी कार्यक्रम डिजाइन भइरहेको छ,’ उनले भने ।

यो कार्यक्रम सामाजिक संरक्षणको दृष्टिकोणले बेरोजगार रहेकामध्ये गरिबीको रेखामुनी रहेकालाई लक्षित गरिएको छ ।


पुष्प दुलाल