सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्यो
काठमाडौं । सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दती निक्षेप र साधारण बचतको ब्याज घटेको छ ।
मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ८.२५ र संस्थागततर्फ ७ प्रतिशत रहेको छ । यसअघि व्यक्तिगततर्फ ९.२५ र संस्थागततर्फ ८.५० प्रतिशत रहेको थियो ।
बैंकले साधारण बचतको पनि ब्याज घटनाएको छ । साधारण बचतमा सबैभन्दा बढी ५ र सबैभन्दा कम १ प्रतिशत ब्याज रहेको छ । बैंकले हाल १९ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।
यस्तै बैंकले कर्जाको ब्याजदर पनि सार्वजनिक गरेको छ । बैंकका अनुसार चैत महिनामा १०.०२ प्रतिशत आधार दर रहेको छ ।
बैंकबाट ऋण लिँदा १५.०२ प्रतिशतसम्म ब्याज लाग्ने छ ।
बैंकबाट रियलस्टेट लोन, घर कर्जा, शैक्षिक धितोकर्जा, ओभरड्राफ्ट, सेयर धितोकर्जा लगायतका कर्जा लिँदा १५.०२ प्रतिशत ब्याज लाग्ने छ ।